दल

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेबारे बालुवाटारमा प्रधानमन्त्री, देउवा र ओलीबीच छलफल

इकागज |
मंसिर ५, २०८० मंगलबार २०:२१ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज आफ्नै सरकारी निवासमा विस्तृत शान्ति सम्झौताका विविध पक्षमा छलफल गरेका छन् । 

उक्त सम्झौताअन्तर्गत कार्यान्वयन गर्न बाँकी रहेका विषयलाई यथाशक्य चाँडो टुङ्ग्याउने सम्बन्धमा नेतात्रयबीच छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


उनीहरूबीच शान्ति सम्झौताका १७ वर्षका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजनाबारे छलफल भएको थियो । २०६३ मङ्सिर ५ गने तत्कालीन नेकपा (माओवादी) र प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाबीच उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।


Author

थप समाचार
x