दल

पूर्व राजाप्रति बढेको जनलहरलाई खिशी र व्यङ्ग नगर्न रविन्द्र मिश्रको आग्रह

इकागज |
मंसिर १०, २०८० आइतबार ११:१७ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले पूर्व राजाप्रति बढेको जनलहरलाई खिशी र व्यङ्ग नगर्न आग्रह गरेका छन् । शनिबार झापामा भएको पूर्वराजाको कार्यक्रमको एउटा भिडियो सामाजिक सञ्जाल एक्समा सेयर गर्दै मिश्रले यस्तो आग्रह गरेका हुन् । 

उनले आँट भए चुनावमा लड्न आऊ भन्ने दलहरुको चुनौतीे दल र देश दुबैका लागि दुर्भाग्यपूर्ण भएको बताए । 


'यो  जनलहर र आवेग आज नभए भोली, भोली नभए पर्सी बिस्फोट हुन्छ, हुन्छ', उनले भने । पहिले, पहिले भएका विस्फोटन जस्तै त्यो विस्फोटन पनि शान्तिपूर्ण नहुने उनको तर्क छ । 

मिश्रले २०४७ को संविधानमा टेकेर राजनीतिक दल, राजा र  जनताबीच नवीन समझदारी हुनुपर्ने बताए ।  


Author

थप समाचार
x