दल

गृहजिल्लामा योगेश भट्टराईलाई कालो झन्डा

इकागज |
मंसिर १०, २०८० आइतबार १७:३६ बजे

ताप्लेजुङ- ताप्लेजुङमा नेकपा एमाले सचिव योगेशकुमार भट्टराईलाई कालो झन्डा देखाइएको छ । आफ्नै निवासअगाडि एमाले सचिव भट्टराईलाई पहिचानवादी समूहका नेता-कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । 

एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका भट्टराईलाई कालो झन्डा देखाउँदै उनीहरू नाराबाजीसमेत गरेका थिए । 


पहिचान पक्षधरले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने, साथै किराँत राज्य हुनुपर्नेलगायतका माग गर्दै नाराबाजी गरेका थिए । 


Author

थप समाचार
x