दल

अन्यायविरुद्ध आवाज उठाउनुपर्छ : बिजुक्छे

इकागज |
मंसिर १०, २०८० आइतबार २२:१ बजे

फाइल तस्बिर

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अन्यायविरुद्ध आवाज उठाउनुपर्ने बताएका छन् । 

‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नाराका साथ भक्तपुरमा आज सम्पन्न ४३औँ नेपाल भाषा साहित्य तःमूज्यामा उत्कृष्ट सांस्कृतिक एवं साहित्यकारहरूलाई आज पुरस्कार प्रदान गर्दै यस्तो बताएका हुन् ।


अध्यक्ष बिजुक्छेले अन्यायविरुद्ध लड्न नसके शक्ति राष्ट्रले हेप्ने भएकाले किताबमा लेखेर, अखबारमा छापेर, जुलुस गरेर निरन्तर आवाज उठाइरहनुपर्ने बताए । 

नेमकिपा सचिव एवं सांसद प्रेम सुवाल, बागमती प्रदेशसभा सदस्यहरू सुरेन्द्रराज गोसाई, सृजना सैँजू, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, तःमूज्याका अध्यक्ष आशाकुमार चिकंबन्जार लगायतले भाषा र साहित्यबाट पनि अन्यायविरुद्ध आवाज उठाउनुपर्ने बताए ।


Author

थप समाचार
x