दल

रास्वपाको केन्द्रीय समिति बैठक आजबाट, के छ एजेण्डा ?

इकागज |
मंसिर ११, २०८० सोमबार ६:५४ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ । 

पहिलो पटक काठमाडौँ उपत्यका बाहिर केन्द्रीय समिति र संसदीय समितिको बैठक गर्न लागेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गर्नेछ । 


सो बैठक मंसिर ११ बाट सुरु भएर १३ गतेसम्म गरी तीन दिन चल्ने महासचिव मुकुल ढकालले जानकारी दिएका छन् ।

आजदेखि सुरु हुने बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन,  केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायत छलफलका एजेण्डा रहेका छन् ।

सो बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवश्यक निर्णय लिनेछ ।

उक्त बैठकमा जिल्लाका सभापतिहरूको पनि उपस्थिति रहने छ ।


Author

थप समाचार
x