दल

गणतन्त्रबाट मुलुकलाई कसैले पछाडि फर्काउन सक्दैन : सभापति देउवा

इकागज |
मंसिर ११, २०८० सोमबार १३:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रबाट मुलुकलाई कसैले पछाडि फर्काउन नसक्ने बताएका छन् ।

सोमबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै देउवाले गणतन्त्रको बिकल्प नरहेको भन्दै गणतन्त्रबाट मुलुकलाई कसैले पछाडी फर्काउन नसक्ने बताएका हुन् ।


उनले गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर गरे । गणतन्त्र बिरोधी गतिविधिबाट आफुहरू नअत्तालिएको उनले बताए । त्यस्तै गठबन्धन नेतृत्वको सरकारको आलोपालोका बिषयमा सोधिएको प्रश्नमा सभापति देउवाले पछि थाहा हुने बताए ।

त्यस्तै देउवासँगै चितवन गएका कांग्रेस नेता डा. शशांक कोइरालाले सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको बताए ।


Author

थप समाचार
x