दल

तस्करलाई पार्टीमा भित्र्याएर लोकतन्त्रको कुरा गर्नु गधा पालेर हातीको धाक दिनुजस्तै : भीम रावल

इकागज |
मंसिर ११, २०८० सोमबार २०:४० बजे

फाइल फोटो

काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले दलाल, विचौलिया, तस्करलाई पार्टी वा सरकारमा भित्र्याएर लोकतन्त्र, समाजवादको कुरा गर्नु गधा पालेर हाती गैडा पालेको धाक दिनु जस्तै भएको बताएका छन् । केही समय अघि अध्यक्ष केपी शर्मा ओलीले एमालेमा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई भित्र्याएपछि रावलले ओलीलाई लक्षित गर्दै यस्तो बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा एक्समा लेखेका छन्,'दलाल,विचौलिया,तस्कर,भ्रष्ट,सुदखोर,अपराधी, चरित्रहीन,विदेशीका चम्चा,अयोग्य र गैर जिम्मेवारहरूलाई पार्टी र सरकारमा भित्र्याएर, संरक्षण गरेर समाजवाद,लोकतन्त्र,राष्ट्रियता, सुशासन र संघीयताका कुरा गर्नु गधा पालेर हात्ती,गैंडा र सिंह पालेको धाक दिनु जस्तै हो।यो कुनीतिबाट देश जोगाअ‍ौं!'
 
रौनियारले देशभर दर्जनौँ निर्माण ठेक्का अलपत्र पारेर बदनाम भएका छन् । 
 



Author

थप समाचार
x