दल

डा. स्वर्णिम वाग्ले बने रास्वपाको उपसभापति

इकागज |
मंसिर १३, २०८० बुधबार १८:२७ बजे

फाइल फोटो

काठमाडौँ - डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनेका छन् । महोतरीमा जारी केन्द्रीय समिति बैठकले वाग्लेलाई उपसभापति बनाएको हो । 

वाग्लेलाई अर्का उपसभापति डिपि अर्याल पछिको वरियता तोकिएको छ । यस्तै बैठकले सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन गरेको छ । 


बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र  कोषाध्यक्ष लिमा अधिकारी सहकोषाध्यक्ष वसुमाया तामाङ् र दीपक बोहरा तोकेको छ । यस्तै पार्टीको पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।


Author

थप समाचार
x