दल

पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनीत

इकागज |
मंसिर १३, २०८० बुधवार १९:१७ बजे

फाइल फोटो

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पाँच जना केन्द्रीय सदस्य मनोतीत भएका छन् ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले पुकार बमसहित थप पाँच जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो।


यसअघि बुधबार नै १४ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको थियो। 

अनिल केशरी शाह, राजन गौतम (चितवन), डा. नन्दन यादव (महोत्तरी), पुकार बम, कामिनी चौधरीलाई केन्द्रीय सदस्य मनोनीत भएका हुन्।

गत निर्वाचनमा उनी रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए।
 


Author

थप समाचार
x