दल

राजसंस्था, हिन्दुराष्ट्र पक्षधरबीच मोर्चा निर्माण आवश्यक : कमल थापा

इकागज |
मंसिर १५, २०८० शुक्रबार १६:५७ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

अहिलेकै व्यवस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने भन्दै थापाले देश बचाउन र बनाउन राजसंस्था, हिन्दुराष्ट्र पक्षधर र संघीयता नचाहने बीच तत्काल मोर्चा निर्माण गरी नयाँ जनआन्दोलनमा जान जरुरी भएको आवश्यकता औंल्याए ।


थापाले संवैधानिक अङ्ग, न्यायालय, प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमाएर सर्वसत्तावाद लाद्ने दुष्प्रयास भइरहेको भन्दै उनले त्यसको प्रतिवाद हुनुपर्नेमा जोड दिए । असक्षम, असफल र अदुरदर्शीहरूले मुलुकमा ब्रम्हलुट गरिरहेको भन्दै थापाले मुलुकको स्वाधिनको रक्षाको निमित्त एकपटक सबै सडकमा आउनु पर्ने समय आएको समेत बताए । उनले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई आग्रह समेत गरे।

राप्रपा नेपाल काठमाडौँ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेताहरू जयकुमार खड्का, तारानाथ लुइँटेल, इन्द्र चित्रकार, राजाराम बर्तौला, श्याम घिमिरे लगायतले संगठन सुदृढीकरण र आन्दोलनको तयारी बारे बोलेका थिए ।


Author

थप समाचार
x