दल

चन्द्र भण्डारीले नवलपरासी पुगेर भनेः शेखर कोइरालालाई सबैले सभापति भएको हेर्न चाहन्‍छन्

इकागज |
मंसिर १५, २०८० शुक्रबार १६:५७ बजे

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले एक पटक नेपाली जनताले शेखर कोइरालालाई कांग्रेसको सभापति भएको हेर्न चाहेको बताएका छन ।

शुक्रबार नवलपरासीको नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलनमा उनले कोइरालालाई सबैले एकपटक सभापति हेर्न चाहेको बताएका हुन् ।


‘डा कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता हुनुहुन्छ,’ उनले भने  ।

सभापति बन्छु भनेर उफ्रेर नहुने उनको भनाई थियो । जनता र कार्यकर्ताले पत्याउनु पर्ने र आशा गरेको व्यक्तित्व हुनुपर्ने उनले धारणा राखे ।

कोइराला नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । कोइरालाको टिममा उपासभापतिको उम्मेदवार चन्द्र भण्डारी र धनराज गुरुङ रहेका छन् । यस्तै महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजाल थिए ।

सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरी थिए ।

 


Author

थप समाचार
x