दल

नेताहरूकै आचरणका कारण जनतामा चरम निराशा छायाे : शेखर कोइराला

इकागज |
मंसिर १५, २०८० शुक्रबार १७:४२ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै ठूला राजनीतिक दलको नेतृत्वमा बस्नेहरूमा इच्छाशक्ति नभएकै कारण जनतामा निराशा छाएको बताएका छन् ।

नेताहरूकै आचरणका कारण जनतामा चरम निराशा छाएको कोइरालाले बताए ।


जनतालाई आशा जगाउने र हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।

राजनीतिक दलको नेतृत्वमा बस्नेहरूले कुनै कालखण्डमा देश र प्रजातन्त्रको लागि राम्रो काम गरेको बताउँदै कोइरालाले भने, 'अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान उहाँहरूले ससम्मान पूर्वक नेतृत्व छाड्नुपर्छ ।' 

नेपाली कांग्रेस नवलपरासी पश्चिमको प्रथम जिल्ला सम्मेलनलाई परासीमा सम्बोधन गर्दै नेता कोइरालाले गुट र उपगुटको चौघेरामा रमाउन छाडेर जनताका पक्षमा रचनात्मक काम गर्न कार्यकर्तालाई आग्रह समेत गरे ।


Author

थप समाचार
x