दल

कांग्रेसले आगामी चुनाव एक्लै लड्नुपर्छ : महामन्त्री थापा

इकागज |
मंसिर १६, २०८० शनिबार १९:५५ बजे

फाइल तस्बिर

लुम्बिनी- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र इमानदार एवं कर्तव्य निष्ठ व्यक्तिहरू धेरै रहे पनि त्यो पुँजी प्रयोग गरेर निर्वाचनमा जान नसकिएको बताएका छन् । आज बुटवलमा भएकाे नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनमा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

उनले पार्टीभित्र गाउँ, सहर जहाँ सबैतिर इमानदार कार्यकर्ता रहे पनि त्यसलाई पार्टीले पुँजीका रूपमा प्रयोग गर्न नसकेको गुनासो गरे । महामन्त्री थापाले पार्टीले आगामी चुनाव हारे पनि एक्लै लड्नुपर्ने जिकिर गरे । 


महामन्त्री थापाले निर्वाचनमा समानुपातिक पद्धतिमा आफन्त र आफू निकट राख्दा इमानदार नेता पछाडि परेको बताए । उनले नेपालको अर्थतन्त्र पछिल्लो पटक सुधार भएको उल्लेख गर्दै अब निरासभन्दा आशावादी हुँदै गएको बताए । उनले प्रदेश संरचना खर्चिलाे भएकाले त्यसलाई कम खर्चमा राम्रो सेवा दिने गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x