दल

के रास्वपा फुट्दैछ ? यसो भन्छिन् तोसिमा कार्की

इकागज |
मंसिर १९, २०८० मंगलबार ९:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तोसिमा कार्कीले पार्टी फुट्‌न नदिने बताएकी छिन् । सामाजिक सञ्जालमा लेख्दै कार्कीले पार्टी फुट्‌न नदिनेभन्दै त्यस्तो कल्पना पनि नगर्न उल्लेख गरेकी छन् ।

'के रे के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुस्, हुँदैन । हामी त्यसो हुनै दिँदैनम्' कार्कीले फेसबुकमा लेखेकी छिन् 'साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !! ।'


देश बनाउन ठूलो छात्ति र मुटु लिएर हिँडेको भन्दै कार्कीले जनताले देशभित्रै सम्भावना र सम्वृद्धि देख्न पाउनुपर्ने उल्लेख गरेकी छन् ।

'चौरासी त हुन्छ हुन्छ! हुनैपर्छ । जनताले देशभित्रै सम्भावना र  सम्वृद्धि देख्न पाउनै पर्छ । साना दौडमा हिँड्या होइनौँ, देश बनाउन हिँड्या हौँ, देश बनाउन !! ठूलो छात्ति, ठूलो मुटु लिएर हिँड्या छौँ' कार्कीले फेसबुकमा लेखेकी छन् 'त्यसैले कोशिस नगर्नुस्, सक्नुहुन्न !! घण्टी त बज्छ बज्छ । चौरासीमै बज्छ ।बरु आउनुस् तपाईंहरू पनि यो महाअभियानमा नछुट्नुस् ।' 

'विधिको शासन ? ए ए, सबैले आ-आफ्नै व्याख्या प्रतिव्यख्या गर्नुभएछ' उनले लेखेकी छन् ' विधिको शासन देशमै छैन हजुर ! सरकारमै छैन । स्वास्थ्य मन्त्रीको हर्कतमा छैन । न्यायलयमै छैन !! निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाँड्छौँ ।'


Author

थप समाचार
x