दल

एनसेल खरिद-बिक्रीबारे शीर्ष नेता र मन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल

इकागज |
मंसिर १९, २०८० मंगलबार १८:१७ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिदबिक्रीबारे शीर्ष नेता र मन्त्रीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री दाहालले एनसेल खरिदबिक्रीबारे छलफल गर्नका लागि शीर्ष नेता र मन्त्रीहरूलाई बोलाएकाे प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

छलफलमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शरतसिंह भण्डारीको सहभागिता रहेको छ ।



Author

थप समाचार
x