दल

राष्ट्रिय सभा निर्वाचनमा भाग लिन मंसिर २४ देखि २९ गतेभित्र दल दर्ता गर्नुपर्ने

इकागज |
मंसिर २२, २०८० शुक्रबार १२:२० बजे

काठमाडौँ– निर्वाचन आयोगले  माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको छ । आयोगले शुक्रबार एक सूचना निकालेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने दललाई दर्ता गर्न  आग्रह गरेको हो ।

आयोगको सूचनाअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक  दलले यही मंसिर २४ देखि २९ गतेभित्र आयोको कार्यलयमा दर्ता गर्नुपर्ने छ ।


‘नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूलाई माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन संवत् २०८० साल मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची– १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौँमा निवेदन दिन यो सूचना गरिएको छ,’ आयोगले शुक्रबार जारी गरेको सूचनामा लेखिएको छ । 


 


Author

थप समाचार
x