दल

कमल थापाकाे दाबी : ८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थापना हुन्छ

इकागज |
मंसिर २२, २०८० शुक्रबार १४:३९ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थापना हुने दाबी गरेका छन् ।​

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरंकुश नभई सर्वधर्म, समभावसहित माओवादीदेखि सनातनी हुने दाबी समेत गरे ।


अहिलेको लुटतन्त्र, सर्वसत्तावादी र छाडातन्त्र अन्त्य हुने र अब स्थापना हुने राजसंस्था जनताले चुनेको संसदअन्तर्गत रहने हुनाले राष्ट्रको अभिभावकको रूपमा रहेर राष्ट्र प्रमुखको विवाद सदाका लागि समाप्त हुने उनले बताए ।

अध्यक्ष थापाले ०६३ को राजनीतिक परिवर्तन असल मनसायले भएको भएता पनि अहिले आएर संघीय गणतान्त्रिक व्यवस्था व्यवहारमा सफल भइसकेको परिप्रेक्ष्यमा नेपालमा राजसंस्था पुनः स्थापनाको विकल्प नभएकामा जोड दिए ।

थापाले राष्ट्रमा राजसंस्था, हिन्दुराज्य स्थापना गर्ने आन्दोलनप्रति आफू र आफ्नो पार्टीको स्वाभाविक नैतिक समर्थन रहने उल्लेख गर्दै दुर्गा प्रसाईंको आन्दोलनमा स्वतः समर्थन रहेको प्रस्ट पारे । उनले राप्रपासँगको एकताको तत्काल कुनै सम्भावना नरहेको जिकिर गरे । 


Author

थप समाचार
x