दल

प्रधान सेनापतिको रोलक्रममा भएकाहरूको उमेर रक्षा मन्त्रालयले छानबिन गर्नुपर्छ : सांसद पन्त

इकागज |
मंसिर २२, २०८० शुक्रबार १९:२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले भावी प्रधान सेनापतिको रोलक्रममा रहेका सैनिक अधिकृतहरूको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयले छानबिन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले प्रधान सेनापतिको रोलक्रममा आउने सैनिक अधिकृतहरूको उमेरसम्बन्धी विवाद पटक-पटक आउने गरेको भन्दै सो प्रकारको विवादको निरुपण हुनुपर्ने बताए । उनले प्रधान सेनापतिको रोलक्रममा रहेकाहरू सबैको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा समिति बनाएर छानबिन गर्नुपर्ने जिकिर गरे ।


सांसद पन्तले नेपाली सेनाभित्रै छानबिन भएर क्लिनचिट पाएकाहरूको पनि उमेरमा कैफियत देखिएको उदाहरण दिँदै सेनाभित्रको छानबिनले मात्रै नपुग्ने बताउए । त्यसै सांसद पन्तले अनावश्यक नेताहरूले समेत निजी सुरक्षा अधिकृतको सुविधा लिने गरेका भन्दै यसमा कडाइ गर्नुपर्ने बताए ।

उनले समितिमा विधेयकहरू अलपत्र परेका भन्दै विधेयकहरूको सम्बन्धमा पनि यथाशीघ्र छलफल हुनुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x