दल

समृद्धिको सपना साकार पार्न एमालेको सङ्कल्प यात्रा

इकागज |
मंसिर २२, २०८० शुक्रबार २१:५३ बजे

गोरखा- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले सङ्कल्प यात्रा थालेको बताएका छन् । 

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत गोरखाको पालुङटारमा आज आयोजित कोणसभामा उहाँले देशमा रहेका सबै खालका समस्या समाधान गर्न आफ्नो पार्टी लागिपरेको बताए । उनले समृद्धिको सपना पूरा गर्न एमालेको नेतृत्वको एकल सरकार आवश्यक पर्ने समेत दाबी गरे ।


अध्यक्ष ओलीले आफ्नो पार्टीले देशलाई समृद्धि बनाउन चाहेको बताउँदै समृृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको औँल्याए । अभियानअन्तर्गत शनिबार बिहान अध्यक्ष ओलीले गोरखा जिल्लाका विभिन्न सवालबारे स्थानीय सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको एमाले गोरखाका सचिव काजीराम रोकाले जानकारी दिए ।


Author

थप समाचार
x