दल

शेखर समूहको बैठक सुरु

इकागज |
मंसिर २७, २०८० बुधबार १४:२५ बजे

काठमाडौँ - नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहको बैठक सुरु भएको छ । काठमाडौँको बत्तीसपुतलीमा रहेको अनुपम पार्टी प्यालेसमा बैठक सुरु भएको कोइरालाको सचिवालयले जनाएको छ ।

 आसन्न राष्ट्रिय सभा निर्वाचन, काँग्रेस महासमिति बैठकलगायत समसामयिक विषयमा छलफल हुने सचिवालयले जनाएको छ । 


बैठकमा उपसभापति धनराज गुरुङ , महामन्त्री गगन कुमार थापालगायत नेताहरू उपस्थित छन् । 


Author

थप समाचार
x