दल

राप्रपा केन्द्रीय समिति बैठक आजबाट, के के छन् एजेण्डा ?

इकागज |
पुस १, २०८० आइतबार ६:४८ बजे

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ ।​ धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आजबाट सुरु हुने बैठक आगामी पुस ३ गतेसम्म जारी रहनेछ ।

सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार आजदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफलको एजेण्डा पेस गर्दैछन् । 


बैठकमा महासचिवले सांगठानिक प्रतिवेदन तथा र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्दैछन् भने भूगोल केन्द्रित कार्यक्रमको समीक्षा र समूहगत छलफलबाट केन्द्रीय समितिले भावी कार्यक्रम र एजेण्डा तय गर्नेछ ।


Author

थप समाचार
x