दल

अहिले कांग्रेस वरिष्ठ नेताको बारेमा कसैले चिन्ता लिनु पर्दैन : सभापति बानियाँ

इकागज |
पुस ६, २०८० शुक्रबार १६:५९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले नेपाली कांग्रेसको वरिष्ठ नेताको बारेमा अहिले चिन्ता कसैले पनि लिनु नपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित कांग्रेस बागमती प्रदेशको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसको मर्यादा क्रममा वरिष्ठ नेतामा पार्टीले कुनै पनि निर्णय नगरेको जिकिर गरे । उनले बागमती प्रदेशको प्रदेश अधिवेशन विधान र प्रक्रिया बमोजिम अहिले बनाएको मर्यादाक्रम अनुसार नै आसन ग्रहण हुने बताए ।


स्व. गिरिजाप्रसाद कोइरालाले पार्टी एकता हुँदा कांग्रेसको माइन्युटमा नै शेरबहादुर देउवा वरिष्ठ नेता भनेको र त्यसपछि अहिलेका वर्तमान सभापति शेरबहादुर देउवा पार्टी सभापति हुँदा माइन्युट गरेरै रामचन्द्र पौडेललाई वरिष्ठ नेता तोके बाहेक कसैलाई पनि पार्टीको विधानअनुसार वरिष्ठ नेता नतोकिएको उनले स्पष्ट पारे ।

उनले बागमती प्रदेशले विधि, पद्धतिअनुसार प्रदेश अधिवेशन अघि बढाउने स्पष्ट पारे ।


Author

थप समाचार
x