दल

गोकुल बास्कोटाको सरकारलाई प्रश्न: काम गर्न विदेश जान पाऊ भन्ने युवालाई किन गोली ठोकेको ?

इकागज |
पुस १४, २०८० शनिबार ९:१ बजे

फाइल तस्बिर

काठमाडौँ - पूर्व मन्त्री तथा नेकपा एमालेका नेता गोकुल प्रसाद बास्कोटाले युवाहरूलाई स्वदेशमै रोजगारी सृजना गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सरकारले श्रम बजारका लागि तयार नेपाली युवा जनशक्तिलाई देश भित्रै रोजगारीको अवसर श्रृजना गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् । 

उनले विदेश जान पाउ भन्ने युवालाई किन गोली ठोकेको भन्दै सरकारसँग प्रश्न गरेका छन् । उनले लेखेका छन्, 'सरकारले श्रम बजारका लागि तयार नेपाली युवा जनशक्तिलाई देश भित्रै रोजगारीको अवसर श्रृजना गर्न सकेन नै।तर काम गर्न विदेश जान पाऊ भन्ने युवालाई किन गोली लाठी र अश्रुग्यास चलाएर  हत्या गरेको ? विवादास्पद परीक्षा प्रणाली श्रम मन्त्रालयले किन स्वीकृत गरेको?'



Author

थप समाचार
x