युवाहरूको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको छ : अध्यक्ष केसी
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरूको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बालकुमारी घटनालाई सामान्य रुपमा लिन नहुने जिकिर गरे । उनले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरू राज्यका विरुद्ध आक्रोशमा आउनु ठूलो घटना भएको बताए ।
‘जुन घटना भएको छ, यसलाई हामीले फुटकर रुपमा लिएर छलफल गरिरहेका छौँ । मुलकुरा के हो भने हामीले गणतन्त्र, लोकतन्त्र ल्यायौँ, देशलाई औद्योगिकरण गर्न सकेनौँ । त्यस कारणले रोजगारीका लागि लाखौँलाख नेपाली युवाहरू विदेश जानुपर्यो । यहाँनेर कुन चाहीँ अफिसिरले, कुन चाहीँ मन्त्रीले गल्ती गर्योभन्दा पनि हामीले जुन लोकतन्त्र र गणतन्त्र ल्यायौँ । नेपाली जनताले ठूलो आश गरेका थिए' केसीले भने 'अब अहिले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरू राज्यका विरुद्ध आक्रोशमा आउनु यो ठूलो घटना हो । त्यसकारणले यसबाट हामीले के बुझ्नुपर्छ भने यो स्थितिमा हामीले फेरबदल गर्न सकेनौँ भने राष्ट्रको अस्तित्वकै प्रश्न छ ।'
'हामीले जुन बहुदलीय व्यवस्था ल्याएर राज्य सञ्चालन गरिरहेका छौँ, किन हामीले औद्योगिकरण गर्न सकेनौँ, किन युवालाई रोजगारी दिन सकेनौँ, किन यति धेरै युवाहरू विदेशीरहेका छन्, त्यहाँनेर हेर्नुपर्छ । युवाहरूको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुनसक्छ है’ केसीले भने ।
सांसद केसीले लोकतन्त्र र गणतन्त्र ल्याएर जनतालाई के दियौँ भन्नेबारेमा समीक्षा गर्न जरुरी रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया