दल

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

इकागज |
पुस २२, २०८० आइतबार ७:२९ बजे

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बैठक आज दिउँसो १ बजे बस्नेछ ।


हिजो बस्ने भनिएको बैठक सत्तारुढ गठबन्धनको बैठक लम्बिएपछि आजका लागि सारिएको हो । गठबन्धनको बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि भएको भागबण्डाको छलफल तथा भोलि हुने उम्मेदवारी दर्ताअघि कांग्रेसले बैठक बोलाएको हो ।

सम्भवतः आजको बैठकले पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नेछ । 


Author

थप समाचार
x