दल

नेकपा एसले राष्ट्रिय सभा निर्वाचनमा दुई पदमा उम्मेदवारी दिने

इकागज |
पुस २२, २०८० आइतबार १६:४२ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुई पदमा उम्मेदवारी दिने भएको छ । 

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले सिट बाँडफाँटका विषयमा गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै दुई सिटमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले सिट संख्याका बारेमा पार्टीमा असन्तुष्टि कायम गरेको र त्यसले आगामी दिनमा केही न केही असर देखाउने बताए ।


त्यस्तै बैठकले उम्मेदवारका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिइएको उनले जानकारी दिए । 


Author

थप समाचार
x