दल

पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राखेर सबैको साझा बनाउनुपर्छ : रवि लामिछाने

इकागज |
पुस २७, २०८० शुक्रबार १७:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- ​रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राखेर सबैको साझा बनाउनुपर्ने बताएका छन् । 

राप्रपाले शुक्रबार आयोजना गरेको चियापान कार्यक्रममा लामिछानले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई सबैले सम्मान गर्नुपर्ने र उनलाई राजनीतिभन्दा माथि राखेर सबैको साझा बनाउनुपर्ने बताएका हुन् । राजनीतिक दलहरूबीच मतभेद रहे पनि चियापान कार्यक्रमले भेटभावका साथै सद्भावको वातावरण बनाउने उनले बताए ।


उनले राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्न पनि चियापान कार्यक्रममा आएको जिकिर गरे । 


Author

थप समाचार
x