दल

प्रदेश तहमा प्रहरी समायोजन गर्ने कार्य अनुपयुक्त र आपत्तिजनकः कमल थापा

इकागज |
माघ ४, २०८० बिहीबार १२:४७ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रदेश तहमा प्रहरी समायोजन गर्ने कार्य अनुपयुक्त र आपत्तिजनक भएको बताएका छन् । संघीयता खारेजीको आवाज सशक्त रूपमा उठिरहेको अवस्थामा प्रदेश तहमा प्रहरी समायोजन गर्ने कुरा आपत्तिजनक भएको उनले बताएका हुन् । 

बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै थापाले प्रहरीलाई प्रदेश तहमा समायोजन गर्दा शान्ति सुरक्षाको अवस्था झन अलमलिने उल्लेख गरे । 'प्रहरीको मनोबल गिर्नेछ, अराजकता बढ्नेछ। यो काम तत्काल रोकिनुपर्छ', उनले भने । 



Author

थप समाचार
x