दल

गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है : रवि लामिछाने

इकागज |
माघ ८, २०८० सोमवार ११:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोपबारे पत्रकार सम्मेलन गर्ने भएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत आज साँझसम्म पत्रकार सम्मेलनको तयारी गरिरहेको जानकारी दिएका छन् ।

'गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है । मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु' रविले लेखेका छन् 'मिडियामा निरन्तर आइरहेका "स्लिप" मा कोहि "स्लिप" हुनै पर्दैन ।  बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु । सारा प्रश्नहरू एकत्रित पार्दै गर्नुहोला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।


ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको पैसा लिएर सेयर पाएको र छाड्दा १ करोड ८० लाख खातामा लिएको आजै मात्र कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको थियो । लामिछाने निर्देशक हुँदा गोर्खा मिडिया नेटवर्क सहकारीको पैसा लगानी भएको भन्दै उनीमाथि आरोप लाग्दै आएको छ ।  अहिले गोर्खा मिडिया नेटवर्क अध्यक्ष जिबि राई फरार रहेका छन् ।


Author

थप समाचार
x