दल

पूर्व जनमुक्ति सेनाका कमाण्डर पक्राउ परेपछि बाबुरामको आपत्ति

इकागज |
माघ ११, २०८० बिहीबार १३:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका पूर्व लडाकु कमाण्डर पक्राउ परेका छन् । 

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पक्राउप्रति आपत्ति जनाएका छन् ।


‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’ (पूर्वी रूकुम)लाई जनयुद्धकालिन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’ उनले भनेका छन्, ‘हामी यो घटनाको तीब्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं ।’


Author

थप समाचार
x