दल

न्यूरोडमा पार्किङ निषेध गर्ने कामनपाको निर्णयले रूपान्तरणमा ठूलो योगदान पुर्‍याउँछ : कमल थापा

इकागज |
माघ ११, २०८० बिहीबार २०:४२ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले न्यूरोड पार्किङ निषेध गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयले रूपान्तरणमा ठूलो योगदान दिने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । 

उनले महानगरको उक्त निर्णयले तत्काल व्यवसायमा आघात पुग्ने देखिए पनि दीर्घकालमा व्यवसायका लागि फलदायी हुने विश्वास पनि व्यक्त गरे । 'न्यूरोडमा पार्किङ निषेध गर्ने कामनपाको निर्णयले अन्तत: न्युरोडको रूपान्तरणमा ठूलो योगदान पुर्याउँछ भन्ने मलाई लाग्छ,' उनले भने, 'तत्काल व्यवसायमा आघात पुग्ने देखिए पनि दीर्घकालमा व्यवसायका लागि यो निर्णय फलदायी हुने छ ।'


यस्तै न्यूरोड रूपान्तरणको पूर्ण खाका ल्याउन मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललाई अनुरोध समेत गरेका छन् । उनले भने, 'पार्किङ निषेध मात्र होइन, न्यूरोड रूपान्तरणको पूर्ण खाका ल्याउन मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललाई अनुरोध छ ।'

 


Author

थप समाचार
x