दल

गठबन्धनले कोशीमा 'फ्लोर क्रस' गर्नेलाई कारबाही गर्ने

इकागज |
माघ १२, २०८० शुक्रबार २१:५२ बजे

काठमाडौँ- कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार सम्पन्न राष्ट्रियसभा चुनावमा गठबन्धनका दुई उम्मेदवारमध्ये कांग्रेसका कृष्णप्रसाद सिटौला मात्रै विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी थिइन् । विपक्षी गठबन्धनभन्दा धेरै मतभार हुँदा माओवादी उम्मेदवार कार्की पराजित बनेकी थिइन् ।


यससँगै कोशी प्रदेशका माओवादी नेताहरूले कांग्रेसले बेइमानी गरेको बताउँदै आएका छन् । कांग्रेसकै कारण माओवादीले कोशीमा लगातार क्षति सहनुपरेको भन्दै सहकार्य तोड्ने चेतावनीसमेत दिएपछि शुक्रबार विराटनगरस्थित कांग्रेस प्रदेश कार्यालयमा बसेको गठबन्धनका प्रदेश नेताहरूको बैठकले चुनावमा 'फ्लोर क्रस' गर्ने कार्यलाई गैरजिम्मेवार र निकृष्ट कार्य भन्दै फ्लोर क्रस गर्नेहरूबारे छानबिन गरेर कारबाही गर्ने निर्णय गरेको छ ।

बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेताहरूले मत क्रस गर्नेलाई कारबाही गरेर गठबन्धन बलियो पार्ने बताएका छन् । नेपाली कांग्रेस दलका नेता उद्धव थापा, माओवादी नेता इन्द्र आङ्बो, एकीकृत समाजवादीका नेता राजेन्द्र राई र जसपाकी नेता निर्मला लिम्बुले विज्ञप्‍तिमा हस्ताक्षर गरेका छन् ।


Author

थप समाचार
x