दल

सडक दुर्घटना राज्यले नै निम्त्याएको हत्या हो : रमेश खरेल

इकागज |
माघ १३, २०८० शनिबार १२:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वडिआइजी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रमेश खरेलले सडक जस्तो क्षेत्रमा वर्षौंदेखि भ्रष्टाचार हुनु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै खरेलले यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्ने संविधानमै व्यवस्था भएपनि कार्यान्वयन नभएको बताएका छन् ।

सडक दुर्घटनामा दैनिक मानिसले अनाहकमा ज्यान गुमाइरहेको बताउँदै उनले वर्षभरिको तथ्यांक निकाल्दा अवस्था भयानक हुने उल्लेख गरेका छन् । उनले सडक दुर्घटना राज्यले नै निम्त्याएको हत्या भएको आरोप लगाएका छन् ।


'सडक दुर्घटनामा दिनकै मानिसले अनाहकमा ज्यान गुमाइरहेका छन् । वर्षभरिको तथ्यांक निकाल्ने हो भने यो अवस्था भयानक छ' खरेलले लेखेका छन् 'यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्ने संविधानमै व्यवस्था भएपनि यो फिटिक्कै कार्यान्वयन भएको छैन ।'

'चालकको लापरबाही, सडक र र सवारी साधनको अवस्थाले सधैं दुःख दिएकै छ । त्यसमाथि अवैध लाइसेन्स वितरणले झन् गम्भीर समस्या निम्त्याएको छ' खरेलले भनेका छन् 'यस्तो गम्भीर क्षेत्रमा पनि वर्षौँदेखि भ्रष्टाचार हुनु राष्ट्रिय लज्जा हो । सडक दुर्घटना राज्यले नै निम्त्याएको हत्या हो ।'


Author

थप समाचार
x