दल

कांग्रेस संसदीय दलको बैठक बस्दै

इकागज |
माघ १९, २०८० शुक्रबार ६:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । 

संघीय संसद्‌ भवनमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।


कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका तथा आगामी रणनीतिबारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।

संसद्‌को हिउँदे अधिवेशन माघ २२ गतेदेखि सुरु हुँदैछ ।


Author

थप समाचार
x