दल

कानुनहरूलाई टुङ्ग्याउन सदनमार्फत सरकारलाई दबाब दिने रास्वपाको निर्णय

इकागज |
माघ १९, २०८० शुक्रबार १७:२८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्राथमिकतामा रहेका कानुनहरूलाई टुङ्ग्याउन सदनमार्फत सरकारलाई दबाब दिने भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दल बैठकले संसदको आगामी बैठकमा महत्वपूर्ण तथा प्राथमिकतामा रहेका कानुनहरूलाई टुङ्ग्याउन सरकारलाई दबाब दिने निर्णय गरेको हो । बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले संसदमा सरकारले आफूलाई काम गर्न आवश्यक कानुन ल्याउने तर टुङ्गोमा नपुराउने देखिएकाले अब मुख्य मुख्य कानुन टुङ्ग्याउन दबाब दिने बताए ।


नागरिकको अधिकार सुनिश्चित गर्नका लागि सरकारले आवश्यक विधेयक ल्याउन नसके पार्टीले गैरसरकारी विधेयकहरू ल्याउन तयारी गर्ने उनले बताए । उनले सदनमा जनसबालका विषयहरूलाई उठाउने र पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिए । त्यस्तै परियारले टिआरसीसम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्याउनुपर्नेमा पार्टीको जोड रहेको बताए ।

बैठकमा पार्टी सभापति रवि लामिछानेले संविधान निर्माणपछि राज्य सञ्चालनको लागि आवश्यक पर्ने विधेयकका बारेमा सांसदहरूसँग जानकारी लिएका थिए।

 


Author

थप समाचार
x