दल

काठमाडौँ नछाड्न सांसदहरूलाई कांग्रेसको निर्देशन

इकागज |
माघ १९, २०८० शुक्रबार १७:३३ बजे

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । 

आज बसेको संसदीय दलको बैठकले संसद् र संसदीय समितिको बैठकमा अनिवार्य उपस्थिति हुनुपर्ने भन्दै उपत्यका नछाड्न भनेको हो ।


संसदको अधिवेशन चल्दासम्म सदस्यहरूले राजधानी नछाड्ने र राजधानी छाड्नुपर्‍यो भने दलको प्रमुख सचेतक र सचेतकबाट लिखित स्वीकृति लिएरमात्रै छाड्न निर्देशन जारी भएको प्रमुख सचेतक रमेश लेखकले बताए । संसदको हिउँदे अधिवेशन आगामी माघ २२ गते दिउँसो ४ बजेका लागि बोलाइएको छ ।


Author

थप समाचार
x