दल

मेलम्ची पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने

इकागज |
माघ १९, २०८० शुक्रबार १७:४० बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ । रास्वपा संसदीय दलको आजको बैठकले यही माघ २१ गते मेलम्ची बजारदेखि दबाबमूलक कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो ।

सो पार्टीका सचेतक निशा डाँगीले दबाबमूलक कार्यक्रमअनुसार मेलम्ची बजारबाट आयोजना स्थल पुगी घैलामा पानी बोकेर ल्याउने निर्णय भएको बताइन् ।


'दबाब कार्यक्रमअनुसार मेलम्ची बजारमा २१ जना सांसद सबै भेला भएर खाली घैलो लिएर आयोजना स्थल जाने र पानी भरेर फर्किने कार्यक्रम तय भएको छ,' सचेतक डाँगीले  भनिन् ।


Author

थप समाचार
x