दल

माओवादी संसदीय दलको बैठक बस्दै

इकागज |
माघ २२, २०८० सोमबार ६:५५ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज बिहान ८:३० बजे बैठक बस्नेछ । 


आजदेखि सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो । 

सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र विधेयकलगायत पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।


Author

थप समाचार
x