दल

बुढाथोकीको निधनपछि रोकियो 'समुदायमा कांग्रेस' अभियान

इकागज |
माघ २३, २०८० मंगलबार १०:१ बजे

फाइल तस्बिर

झापा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएपछि 'समुदायमा कांग्रेस' अभियान कार्यक्रम रोकिएको छ । झापा अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकीको गएराति उपचारकै क्रममा निधन भएपछि कार्यक्रम रोकिएको हो ।

माघ १३ गतेदेखि सुरू भएको ‘समुदायमा कांग्रेस’ अभियान माघ २६ गतेसम्म सञ्चालन हुने थियो । रोकिएका कार्यक्रम शोकपछि जहाँ रोकियो त्यहीँबाट सुरू हुने बताइएको छ ।


त्यस्तै महामन्त्री गगनकुमार थापाले सञ्चालन गरेको मेची महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित भएको उनको सचिवालयले जनाएको छ । 

लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका बुढाथोकीको निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले बताए । विगत दुई सातादेखि उनलाई प्रोस्टेटको समस्या जटिल भएपछि विराटनगरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

यसैबीच कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज बिहान १० बजे बी.पी स्मृति भवन ललितपुरमा कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।


Author

थप समाचार
x