दल

फागुन ६ गते संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

इकागज |
माघ २४, २०८० बुधबार १७:१५ बजे

काठमाडौँ- आउँदो ६ फागुनमा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यक्रम राखिएको छ । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर मितिबारे जानकारी गराएका हुन् । 


यसका लागि २ फागुन दिउँसो ३ बजेभित्र सांसदहरूले लिखित प्रश्न दर्ता गराउनुपर्ने सभामुख घिमिरेले जानकारी दिए । 

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेछ । 
 


Author

थप समाचार
x