दल

चुनावदेखि चुनावसम्मको राजनीतिले देश बिगार्‍यो: ओली

इकागज |
फागुन २, २०८० बुधबार १९:४० बजे

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावदेखि चुनावसम्मको राजनीतिले देश बिगारेको बताएका छन् । 

बुधबार पार्टी कार्यालय च्यासलमा अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्थाबाट उन्नत समून्नत समाज स्थापना गर्न चुनावदेखि चुनावसम्मको राजनीति छाड्नुपर्ने बताएका हुन् । उनले नयाँ नयाँ भनिएका पार्टीहरूले गठबन्धनप्रति देखिएको वितृष्णाको फाइदा उठाएको जिकिर गरे । नयाँ भनिएका पार्टीहरूको कुनै गन्तव्य र भविष्य नै नरहेको उनले बताए । 


ओलीले मुलुकलाई सबल राष्ट्रिय शक्तिको आवश्यक रहको भन्दै एमालेलाई निर्णायक सुदृढ राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने अभियानमा रहेको धारणा राखे । 


Author

थप समाचार
x