दल

माओवादीको विधान अधिवेशन आज पनि, बाँकी ७ समुहले सुझाव दिने

इकागज |
फागुन ३, २०८० बिहीबार ७:२२ बजे

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ । आज ११ बजेदेखि कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा बैठक बस्नेछ ।

पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्‌घाटन गरेको सो अधिवेशनमा आज ७ वटा समुहले आ-आफ्नो बाँकी प्रस्तुति दिनेछन् । 


हिजोसम्म २० वटा समूहमध्ये १३ समुहले आ-आफ्नो धारणा राखिसकेका छन् । महासचिव देवप्रसाद गुरुङले गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसकेपछि हिजोबाट प्रस्तुतिकरण सुरू भएको जानकारी दिएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकिदिए अनुसार हिजो १३ समुहले आफ्नो सुझाव दिएका हुन् । 

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।


Author

थप समाचार
x