दल

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमाले प्रचार विभागमा थपिए तीन सदस्य

इकागज |
फागुन ३, २०८० बिहीबार १८:२२ बजे

काठमाडौँ- नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । फागुन ८, ९ र १० गते बैठक बस्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

सातौं केन्द्रीय कमिटीको बैठकले संगठन सुदृढीकरणसम्बन्धी कार्ययोजना तय गर्नेछ ।


यस्तै, एमाले प्रचार विभागमा तीन जना सदस्य थपिएका छन् । एमाले प्रचार विभागमा मणिराज बाँस्तोला, माधव नेपाल र इन्द्र आचार्य थपिएका हुन् ।

उक्त विभागका प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतम छन् । पहिला २१ जना रहेको विभागमा अब २४ सदस्य हुनेछन् ।


Author

थप समाचार
x