दल

ललिता निवास काण्डमा जसको आदेशमा भ्रष्टाचार भयो उनीहरू नै निर्दोष भए : कमल थापा

इकागज |
फागुन ३, २०८० बिहीबार २०:२८ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवास जग्गा काण्डमा भ्रष्टाचारको आदेश दिनेहरूलाई नै अदालतले सफाइ दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

विशेष अदालतले बिहीबार ललिता निवास जग्गा प्रकरणको फैसला सुनाएसँगै थापाले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भनेका छन्, 'ललिता निवास जग्गा काण्ड : जसको आदेशमा भ्रष्टाचार भयो, जसले नीतिगत निर्णय गरेर लुटको बाटो खोलिदिए, जसले सबैभन्दा ठूलो भाग खाए, उनीहरू निर्दोष भए ।'


 


Author

थप समाचार
x