दल

आजबाट कांग्रेस महासमिति बैठक, १२ सय बढी प्रतिनिधि सहभागी हुने

इकागज |
फागुन ७, २०८० सोमबार ६:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुँदैछ ।

गोदावरी सनराइज ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।  


सो महासमिति बैठकको उद्‌घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

आजबाट सुरू हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूको उपस्थिति रहने छ ।

प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माका अनुसार गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइ अनुमोदित भएका नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावना र लेखापरीक्षण प्रतिवेदनलगायत पेश हुने भएका छन् ।

यसरी प्रस्तुत भएका प्रतिवेदनमाथि समुहगत छलफल गरी बैठकबाट निष्कर्ष निकालिने भएको छ । बैठक फागुन १० गतेसम्म चल्नेछ ।


Author

थप समाचार
x