दल

कांग्रेसका ६ शुभेच्छुक संस्थाद्वारा महासमिति बैठक बहिष्कार

इकागज |
फागुन ७, २०८० सोमबार २१:२८ बजे

काठमाडौँ- नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाले महासमिति बैठक बहिष्कार गरेको जानकारी गराएका छन् । सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई लिखित रूपमै बैठक बहिष्कार गरेको जानकारी गराएका हुन् ।

बैठकको उद्घाटन सत्रलगत्तै बुढानिलकन्ठ पुगेर नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसाेसियसन, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्तवादी संघ र नेपाल प्रेस युनियनले बहिष्कारको पत्र बुझाएका हुन् ।


पार्टीले शुभेच्छुक संस्थाले आधिकारिक तीन-तीन जनाको नाम पठाएकोमा ती नाम समावेश नगरेको र विधानको व्यवस्थाविपरीत निर्वाचित अध्यक्षलाई आमन्त्रित महासमिति सदस्य कायम गरेको भन्दै आपत्ति जनाएका छन् ।


Author

थप समाचार
x