दल

इन्जिनियरका मुद्दाले पायो कांग्रेस महासमितिमा प्रवेश

इकागज |
फागुन १०, २०८० बिहीबार १३:५९ बजे

काठमाडौँ- ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा पहिलोपटक इन्जिनियरहरूका मुद्दाले स्थान पाएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको सांगठनिक र समसायिक राजनीतिक प्रस्तावमा शुभेच्छुक संस्था र विकास निर्माण कार्यहरू तीन सिफ्टमा सञ्‍चालन गर्ने भन्ने दफाहरू उपर छलफल गर्ने क्रममा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)बाट प्रतिनिधत्व गर्ने महासमिति सदस्य इ. प्रकाश केसीले आफ्नो प्रस्तावहरू राखेका हुन् ।


उनले इन्जिनियरिङ क्षेत्रका सम्बन्धमा इन्जिनियरहरूको क्षमता अभिवृद्धिका लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, निजि तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरूको न्युनतम पारिश्रमिकमा एकरुपता कायम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्डलाई ध्यानमा राखी राज्यस्तरबाट नै न्युनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रस्तावहरू राखेका छन् ।

त्यस्तै योजना आयोग ,अर्थमन्त्रालय जस्ता महत्वपूर्ण निकायहरूमा अनिवार्य रुपमा इन्जिनियरकै नेतृत्वमा छुट्टै प्राविधिक शाखा स्थापना गर्नुपर्ने, स्थानिय सरकारका कार्यकारी अधिकृत इन्जिनियर राख्नुपर्ने र नेपाली कांग्रेसमा र पार्टीबाट प्रतिनिधत्व गर्ने हरेक निकायहरूमा २० प्रतिशत पेशागत क्षेत्रबाट वैधानिक व्यवस्था गर्नुपर्ने प्रस्तावहरू महासमिति बैठकमा राखिएको छ ।


Author

थप समाचार
x