दल

शेखरप्रति संकेत गर्दै लुम्बिनी सभापतिले भने : चुनाव हारेकालाई स्वत: दोस्रो वरीयतामा राख्ने सुझाव आएको छ

इकागज |
फागुन १०, २०८० बिहीबार १६:३८ बजे

फाइल फोटो

ललितपुर - नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बरसिंह पुनले महासमिति सदस्यहरूले पार्टीको आन्तरिक चुनावमा पराजित व्यक्तिलाई सभापति पछिको दोस्रो वरीयतामा राख्न सुझाव दिएको बताएका छन्। 

महासमिति सदस्यहरूले दिएको सुझाव सुनाउँदै उनले पार्टीमा एकता कायम राख्न सभापतिको चुनावमा पराजित व्यक्तिलाई दोस्रो वरीयतामा राख्न जरुरी रहेको बताएका हुन्।  


'मर्यादाक्रम पनि मिलाउन भनिएको छ। तहगत सभापतिलाई केन्द्रीय पदाधिकारीसरह बनाउन भनिएको छ। प्रतिस्पर्धीलाई दोस्रो वरीयतामा राख्न साथीहरूको आवाज आएको छ। यसले सबैसँग एकता कायम हुने विश्वास छ' उनले भने।   

साथै उनले पार्टीको सुशासन र संगठनमा महासमिति बैठक कोशेढुंगा हुने विश्वास रहेको पनि बताए। 'उपसभापति र महामन्त्रीको प्रस्तावमा केही टिप्पणी छ। गठबन्धनको नाममा हामीले धेरै क्षति बेहोरेका छौँ। कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरौँ भन्ने साथीहरूको राय आएको छ। पार्टीका आन्तरिक सुशासनको विषयमा धेरै कुरा उठेको छ।' उनले भने। 

केन्द्रीय सभापतिदेखि सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गरी तलबाटै चुनाव लड्ने व्यवस्था मिलाउन सुझाव आएको उनले बताए।


Author

थप समाचार
x