दल

विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहन्छ : ओली

इकागज |
फागुन १३, २०८० आइतबार १५:३९ बजे

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले साधेको प्रश्नमा उनले अहिलेको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने बताएका हुन् । एमालेले बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मन्त्री सुदन किरातीको राजीनामा माग गर्दै आएको छ ।


अध्यक्ष ओलीले राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने जिकिर गरे ।

समाजवादी मोर्चामा सहभागी हुन बोलाइरहेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले समाजवादी मोर्चाबारे थाहा नभएको प्रतिक्रिया दिए । 


Author

थप समाचार
x