दल

राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर पर्दैन : रेखा शर्मा

इकागज |
फागुन १८, २०८० शुक्रबार १७:३६ बजे

फाइल फोटो

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर नपर्ने बताएकी छिन् । 

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले गठबन्धनभित्र रहेका दलको निर्णय र नेताहरूको अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताएकी हुन् । 


उनले माओवादीभित्र राष्ट्रिय सभा अध्यक्ष माओवादीले पाउनुपर्ने गरि कुरा राख्ने समझदारी बनेको र यस विषयपनि गठबन्धनभित्रै छलफल हुने जिकिर गरिन् । 

राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिने सहमति नभइ समझदारी बनेपनि अहिले परिस्थिति फरक रहेको उनको भनाइ छ । शर्माले माओवादीको मागलाई गठबन्धन दलले सहयोग गर्नुपर्ने बताइन् । 

यस्तै उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले राष्ट्रिय सभा अध्यक्ष चयनको बिषयमा गठबन्धनले नै टुङ्गो लगाउने र सर्वसम्मत उम्मेदवार दिने बताए । निर्वाचनका बेला जनताको विश्वास लिएर गठबन्धन बनाएको भन्दै पाँचै बर्ष गठबन्धन चल्ने उनले बताए । राष्ट्रिय सभा अध्यक्षको दावीले गठबन्धनमा कुनै समस्या नभएको उनको भनाइ छ । 

उनले गठबन्धनभित्र केही समस्या भए छलफलबाटै निष्कर्षमा पुगिने जिकिर गरे । 


Author

थप समाचार
x